गृहपृष्ठ बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ घाइते
बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ घाइते
बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो ।
घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
२ महिला र ४ जना पुरुष घाइते छन् । दुई जना घाइतेको अवस्था मध्यम खालको थियो । उपचारपछि अहिले सामान्य छ ।
बसमा ४० जना यात्रुहरु थिए ।
प्रकाशित समय : ०९:३५ बजे




















