गृहपृष्ठ महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक ISO प्रमाणित
महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक ISO प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त ISO 9001:2015 बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्दै आएको आधारमा बैंक पहिलोपटक सन् २०२४ अगस्ट १६ अर्थात् २०८१ साल साउन ३२ गतेदेखि लागू हुने गरी ISO 9001:2015 प्रमाणित भएको थियो । त्यसपछि २०८२ साल भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित हुन सफल भएको थियो ।
बैंकका अनुसार २०८३ साल साउनमा भएको तेस्रो सर्भिलियन्स अडिटपछि सन् २०२६ अगस्ट १६ अर्थात् २०८३ साल साउन ३२ गतेदेखि लागू हुने गरी बैंक पुनः प्रमाणित भएको हो ।
बैंकले ‘Provision of Development Banking Activities’ अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक अग्रणी रहेको दाबी बैंकको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्दै उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने र कार्यप्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुने बैंकले जनाएको छ ।
प्रमाणपत्र प्राप्तिका क्रममा बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको परीक्षणसहित विस्तृत अडिट गरिएको थियो ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफेसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रकाशित समय : १९:०४ बजे


















