गृहपृष्ठ बाढी प्रभावित परिवारको सहयोगमा यामाहा परिवार एकजुट
बाढी प्रभावित परिवारको सहयोगमा यामाहा परिवार एकजुट
काठमाडौं । गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट रसुवालगायत देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि यामाहा नेपाल परिवार राहत तथा सहयोग अभियानमा जुटेको छ ।
बाढीका कारण कैयौं परिवारले घर, सम्पत्ति र कतिपय अवस्थामा आफन्तसमेत गुमाएका छन् । विपत्तिपछि क्षतिको वास्तविक अवस्था थप स्पष्ट हुँदै जाँदा प्रभावित परिवारसम्म राहत तथा सहयोग पुर्याउनुपर्ने आवश्यकता बढेको भन्दै यामाहा नेपाल, यामाहा २-ह्वीलर डिभिजन, देशभरका यामाहा डिलर, यामाहा राइडर तथा यामाहाको जेन–जी टिम सहयोग अभियानमा सहभागी भएका हुन् ।
यामाहा डिभिजन र देशभरका यामाहा डिलरले संयुक्त रूपमा ‘सोलिडारिटी फन्ड’मार्फत १५ लाख रुपैयाँ योगदान गरेका छन् । यस्तै, यामाहा डिभिजनको जेन–जी टिमले आफ्नै व्यक्तिगत बचतबाट १५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।
यामाहा नेपालले विपत्तिको यस्तो कठिन समयमा राष्ट्र र समुदायप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको जनाएको छ । सामूहिक प्रयासमार्फत सहयोगको सबैभन्दा बढी आवश्यकता भएका व्यक्तिसम्म पुगेर राहत तथा भरोसा प्रदान गर्न सकिने विश्वास कम्पनीको छ ।
प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेका बेला यामाहा नेपालले प्रभावित समुदायसँग आवश्यक समयसम्म आफूले सक्ने हरेक माध्यमबाट साथ रहने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय : १९:०९ बजे


















