गृहपृष्ठ कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त

कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त

कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा विनम्र विष्ट नियुक्त भएको हो ।

त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्षमा डा रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा ममता भट्टराई कोइराला र डिनमा डा विकासविक्रम सिंह अधिकारी नियुक्त भएको छ ।

नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको हो ।

शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ निर्वाह गर्न आग्रह गरेको थियो ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु