गृहपृष्ठ सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारी कर्जा ल्यायो

सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारी कर्जा ल्यायो

सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारी कर्जा ल्यायो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले घर कर्जाअन्तर्गत ५ वर्षका लागि ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना ल्याएको हो । त्यस्तै, व्यक्तिगत सवारीसाधन खरिदका लागि ३ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

योजनाअनुसार घर कर्जाको ब्याजदर पाँच वर्ष र सवारीसाधन कर्जाको ब्याजदर तीन वर्षसम्म स्थिर रहनेछ । स्थिर ब्याजदरको अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गरिने बैंकले जनाएको छ ।

उक्त कर्जा योजनामा सहभागी हुन इच्छुक ग्राहकले बैंकका देशभरका कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको समेत जनाएको छ ।

यसैगरी, बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ समेत सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । त्यस्तै, ‘क्रस बैंक टेलर’ सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा रहेको टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु