गृहपृष्ठ देशका अधिकांश स्थानमा भारी बर्षा
देशका अधिकांश स्थानमा भारी बर्षा
आज (शुक्रबार) देशभरका अधिकांश स्थानमा बर्षा भइरहेको छ । सबै प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘भारीदेखि धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले गण्डकी र लुम्बनी प्रदेशमा धेरै र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो।
महाशाखाका अनुसार दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रकाशित समय : ०९:२२ बजे


















