गृहपृष्ठ बिहिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो अझै पन्छिएन

बिहिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो अझै पन्छिएन

बिहिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो अझै पन्छिएन

नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा बिहिबारदेखि सडक अवरुद्ध भएको छ । पहिरो पन्छ्याउन नसक्दा यात्रुहरुको विचल्ली भएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।

बिहिबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए ।

पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ । मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित समय : ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु