गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १५ बीमा योजना सार्वजनिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १५ बीमा योजना सार्वजनिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १५ बीमा योजना सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरि सार्वजनिक गरेको छ ।

नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको कम्पनीले जनाएको छ ।

स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइ बताएका छन् ।

त्यस्तै, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेको छ ।

उक्त बीमा श्रावण १ गतेबाट विक्रि वितरण हुने प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले जानकारी दिएका छन् ।

दुई कम्पनीले आषाढ भित्र मर्ज हुने गरी तिब्र गतिमा तयारी भइरहेको छ । मर्जपछि “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” रहने छ ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु