गृहपृष्ठ ६२ अङ्कले बढेर शेयर बजार

६२ अङ्कले बढेर शेयर बजार

६२ अङ्कले बढेर शेयर बजार

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज नेप्से गएको फागुन १० गतेयताकै उच्च विन्दुमा पुगेको हो । फागुन १० गते नेप्से २१ सय २१ विन्दुमा थियो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ । आज दुई सय ७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता शेयर छ अर्ब ४९ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । गएको पुसको २६ गतेपछि छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन ।

प्रकाशित समय : १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु