गृहपृष्ठ उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कानुन मिचेर संघीय मन्त्रीस्तरीय सुविधा

उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कानुन मिचेर संघीय मन्त्रीस्तरीय सुविधा

उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कानुन मिचेर संघीय मन्त्रीस्तरीय सुविधा

सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई संघीय मन्त्री सोसरहको सुविधा दिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत असई गौरीशंकर चौधरीलाई प्रहरी प्रधान कार्यालयले रेशमको पीएसओमा खटाएको पाइएको छ ।

उनी सरकारले सुरक्षाको कारण देखाउँदै निजी सुरक्षा गार्ड (पीएसओ) पनि खटाएको छ । पीएसओको सुविधा संघीय मन्त्रीहरुले मात्र पाउने गरेका छन् ।चौधरीको सुरक्षाका लागि सरकारकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को प्रहरीको जनाएको छ ।

चौधरीलाई भने संघीयमन्त्रीसरह पीएसओको सुविधा दिइएको छ । यो सरकारकै आदेशमा खटाइएको एक प्रहरी अधिकारी जानकारी दिए ।

प्रदेश मन्त्रीहरूले समेत पीएसओको रूपमा हवल्दार मात्रै सुविधा पाउने व्यवस्था छ । तर, चौधरीलाई भने असईनै पिसिओ खटाउन आदेश आएका कारण पठाएको उनले बताए ।

प्रहरीको असई पिसिओ खटाएको विषयमा उनी र उनको पार्टीले केही प्रतिक्रिया दिन मानेनन् । १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका थिए । राष्ट्रपतिको उक्त कदमको चौतर्फी विरोधसमेत भएको थियो ।

७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनामा रेशमलाई दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएको थियो ।

टीकापुरमा भएको प्रदर्शन हिंसात्मक घटनामा दोषी ठहर भएको चौधरी ६ वर्ष जेल बसेर छुटेका थिए । अहिलेको उनको पार्टी पनि सरकारमा सहभागि छ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु