गृहपृष्ठ बाहिर भविष्य सुनिश्चित भन्दै विदेशी कलेजको खोजीमा विद्यार्थी (फोटोफिचर)

बाहिर भविष्य सुनिश्चित भन्दै विदेशी कलेजको खोजीमा विद्यार्थी (फोटोफिचर)

बाहिर भविष्य सुनिश्चित भन्दै विदेशी कलेजको खोजीमा विद्यार्थी (फोटोफिचर)

वीरगञ्ञका १९ वर्षीय विशाल पाण्डे कक्षा १२ को परिक्षा दिएर विदेश पढ्न जान्नका लागि काठमाडौं आइएलस गरिरहेका छन् । उनी अमेरिका र क्यानडामध्ये एउटा देश अध्ययनका गर्न जाने सोचमा छन् ।

भृकुटीमण्डप प्रदर्शनी हलमा भेटिएका पाण्डेले भविष्यको सुरक्षाकै लागि विदेश अध्ययन गर्न जान्न लागेको बताए । ‘नेपालमा पढने मात्र हो । विदेशमा पढ्दै काम पनि पाइन्छ । नेपालमा जति दुःख गरेपनि अन्तिममा विदेशनै जान्नुपर्छ । यो अहिले पनि देखिएको छ ।’ उनले भने, ‘बेलैमा विदेश पढ्न गयो भने, भविष्यको सुरक्षा हुन्छ । नेपालमा पढीसकेपछि पनि रोजगारीका राजनीतिक पावर मात्र पाइन्छ । त्यही भएर बेलैमा बाहिर पढ्न जान्न लागेको हुँ ।’

सरकारले युवा पलायन रोक्ने नीति नल्याएका कारण नेपाली युवा विदेशमा निर्भर हुनुपरेको उनको भनाइ छ ।

विशालजस्तै ललिपुरकी सोविना क्षेत्रीले विविए अन्तिम वर्षको परिक्षा दिने तयारीमा छिन । उनीपनि अहिले विदेश अध्ययनमा जान्ने सोच बनाएर कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) भृकुटीमण्डपमा आएकी छिन् ।

विविएको परिक्षा सकेर अध्ययनका लागि बाहिर जाने विषयमा शैक्षिक मेलामा बुझन आएको सोविनाले बताइन् । ‘नेपालमा बस्न सक्ने वातावरण नै छैन । त्यही भएर अध्ययन गर्न बाहिर जान्न लागेको हुँ । नेपालमा पढ्यो जागिर खान पावर चाहिन्छ । विदेश गएपछि बढ्दै काम पनि गर्न पाइन्छ ।’ उनले भनिन, ‘कक्षा १२ सकेर जान्ने सोच थियो । तर, परिवारले रोके । अब चाँही अष्टेलिया जाने हो । उत्तै सेटल भइन्छ । नेपालमा जागिर पाइँदैन भनेर चिन्ता हुँदैन् ।’ \

विदेशमा अध्ययन गर्न जाँदा भविष्यको चिन्ता नहुने उनको बुझाइ छ ।

विशाल र सोविनाजस्तै भृकुटीमण्डप प्रदर्शनी हलमा भइरहेको शैक्षिक मेलामा दैनिक ४५ हजारभन्दा धेरै विद्यार्थी मेला हेर्ने र बुझन आउने गरेको कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जानकारी दिए ।
शैक्षिक मेला हेर्ने विद्यार्थी र उनीहरुका अविभावकहरुको उपस्थीति राम्रो रहेको उनले बताए । शैक्षिक मेला सुरु भएयता ९० हजारभन्दा मेलाको अवलोकन गरेको र आजसम्म एक २० हजार बढीले मेलाको अवलोकन गर्ने उनको भनाइ छ ।

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) भृकुटीमण्डप प्रदर्शनी हलमा चलिरहेको छ । एसईई र कक्षा १२ को परीक्षा दिई नतिजा कुरेर बसेका विद्यार्थी र तिनका अभिभावकलाई लक्षित गरी यो मेला असार १० गतेबाट सुरु भएको हो ।


‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर पब्लिकेसन्स र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त आयोजना गरेको आठौं संस्करण हो ।

जेठ ३२ गते सुरु भएको मेलामा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेपछि रोकिएको थियो । पाटन उच्च अदालतले मेलामा अवरोध नगर्न अन्तरिम आदेश दिएपछि पुनः मेलालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

मेलामा कक्षा ११ र १२ पठनपाठन गराउने विद्यालयहरू, त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम विश्वविद्यालय र सीटीईभीटीबाट सम्बन्धन प्राप्त शिक्षण संस्था सहभागी भएको हिसानले जनाएको छ ।

यस्तै, कक्षा ११ र स्नातक तह (ब्याचलर) मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकाय÷विषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना प्रक्रिया, अनुमानित शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्ति प्रक्रियालगायत विविध जानकारी दिइनेछ । शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग छलफल र परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार मेलामा पहिलो पटक काठमाडौं विश्वविद्यालयले सहभागिता जनाएको छ ।

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु