गृहपृष्ठ वडा अध्यक्षको तलब भत्ता सामाजिक काममा खर्च
वडा अध्यक्षको तलब भत्ता सामाजिक काममा खर्च
काभ्रेको पनौती नगरपालिका–१ का वडा अध्यक्ष जय कुमार लामाले आफ्नो तलब भत्ता बापत आएको रकम विभिन्न सामाजिक काममा खर्च गरेका छन् ।
वडा अध्यक्ष लामाले आफ्नो नाममा आएको भत्ता वडा कार्यालयमा खुत्रुकेमा जम्मा गरेर विद्यालय र स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । लामाले वडाका विभिन्न विधालयका विधार्थीहरुलाई पोसाक, पाठ्य सामाग्री , फर्निचरका समान , साथै शिक्षकको तलब वापतको रकम र स्वास्थ चौकीमा कार्यालय सहयोगीको तलब र विभिन्न स्वास्थ सामाग्री दिएका हुन् ।
लामा वडा अध्यक्षको उम्मेदवारी घोषणा गर्दा आफु वडा अध्यक्ष भएमा आफुले पाउने तलब–भक्ता नलिने घोषणा गरेका थिए । सोही घोषणा स्वरुप उनले आफ्नो तलब भत्ता सामाजिक क्षेत्रमा सहयोग गरेका हुन् ।
निर्वाचनको समयमा भोट बटुल्नका लागि धेरै उमेदवारहरुले तलब भत्ता नलिने घोषणा गर्ने तर जितेर गएपछि लिने गरेको परिपेक्षमा आफुले त्यस्तो नगरेको वडा अध्यक्ष लामा बताउँछन् ।
प्रकाशित समय : १२:२९ बजे


















