गृहपृष्ठ चैते धान दोब्बर मूल्यमा विक्री

चैते धान दोब्बर मूल्यमा विक्री

चैते धान दोब्बर मूल्यमा विक्री

गत वर्षभन्दा यस वर्ष चैते धानको मूल्य दोब्बर मूल्यमा विक्री भएको छ । गत वर्ष मनको पाँच सय ५० देखि ६ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष १ हजार एक सयदेखि एक हजार २५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी–११ का भगिरथ घिमिरे बताउछन् । ‘यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौं,’ उनले भने।

चैतेधान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा ५०० दिने निर्णय गरेको छ। तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन्। एक बिघा जमिनमा चैतेधान लगाउने गरेका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताए।

मोरङमा एक लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार ९०० हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको र ८३ हजार ३०० हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । उनले यसमा पाँच दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्यांक रहेको बताए।

उचित मूल्यको कमीले चैतेधानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ। हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ।

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु