गृहपृष्ठ काठमाडौं महानगरपालिकाको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेट

काठमाडौं महानगरपालिकाको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेट

काठमाडौं महानगरपालिकाको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८० ÷८१ का लागि बजेट सार्वजनिक गरेको छ।
आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

यो चालु आर्थिक वर्षभन्दा १३ करोडले बढी हो । महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो।

उपप्रमुख डंगोलले यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याएकी छन्। त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको उनले जानकारी गराइन् ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु