काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मंकिपक्स कसरी सर्छ, के भन्छन् बिशेषज्ञ ?

12.29K
shares

मंकिपक्स एक भाइरल रोग हो जुन मोन्कीपक्स भाइरसको कारणले हुन्छ । सन् १९५० को दशकमा बाँदरको अनुसन्धानमा पत्ता लागेको हुनाले यसलाई मंकिपक्सको नाम दिइएको हो ।
मंकिपक्स पश्चिम अफ्रिकी देशमा देखिँदै आइरहेको थियो ।

पछिल्लो समय यो रोग बिस्तार हुँदै अफ्रिका बाहिर पुग्यो । परिणामस्वरूप सन् २००३ मा अमेरिका तथा सन् २००८ मा बेलायत र इजरायलमा यो रोग देखियो । सन् २०१९ मा सिंगापुरमा पहिलोपटक यो भाइरस देखापरेको थियो । त्यसैले, अन्य ठाउँमा फैलनसक्ने मध्यनजर गर्दै एसियाका विभिन्न देशमा सतर्कता अपनाइएको छ ।

नेपालमा पहिलोपट ६० वर्षीया विदेशी महिलामा मंकिपक्स देखिएको छ । ६० वर्षीया विदेशी महिलामा बिहिबार मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणमा असार १ गते शुक्रबारं संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंकिपक्स कसरी सर्छ ? मंकिपक्सबाट कसरी बच्नें भन्ने बिषयमा भन्छिन् छाला रोग बिशेषज्ञ डा. सबिना भट्टराई ?

 

मंकिपक्स एक सरुवा रोग हो । मंकी पक्स जनावरबाट मानिसमा सर्छ । साथै, मानिसबाट मानिसमा समेत सर्ने गर्छ । विशेषगरी, बाँदर र मुसासँगको नजिकको सम्पर्कबाट यो सर्छ । संक्रमित व्यक्तिको रगत, शरीरका अरू तरल पदार्थमार्फत समेत सर्न सक्छ । जस्तै :
जंगली मासु राम्रोसँग नपकाई खाएमा पनि यो रोगसर्न सक्छ ।
खोकेको वेला निस्कने थुकका स–साना छिटाबाट पनि सर्न सक्छ ।
व्यक्तिहरू, स्पर्श, चुम्बन, वा सेक्स मार्फत ।
जनावरहरू, शिकार गर्दा, छाला लगाउने वा तिनीहरूलाई पकाउँदा ।
सामग्रीहरू, जस्तै दूषित पाना, लुगा वा सुई ।

मंकिपक्सका लक्षणहरु
संक्रमण भएको पाँचदेखि २२ दिनभित्र यसका लक्षणहरु देखापर्छंन्  ।
लक्षणहरुमा
१ ज्वरो, टाउको दुख्ने,
२ मांसपेशी दुख्ने,
३ ढाड दुख्ने,
४ कम ऊर्जा,
५ लिम्फ नोडहरू सुनिने ।
ज्वरो आएको तीन दिनपछि शरीरमा बिबिरा आउने, त्यो बिबिरमा पानी भरिने र फुटेर पाप्रा खस्ने गर्छ । यो सुरुमा अनुहारमा देखा परे पनि बिस्तारै अरू भागमा फैँलदै जान्छ ।

परिक्षण
मंकिपक्सको परिक्षण पीसीआर मार्फत छालाको घाउ सामग्री परीक्षण गरेर मंक्पिसको प्रयोगशाला पुष्टि गरिन्छ । स्मरपक्सको लागि विकसित भ्याक्सिन र थेराप्यूटिक्स र केही देशहरूमा प्रयोगको लागि अनुमोदित केही परिस्थितिहरूमा मंक्पिसको लागि प्रयोग गर्न सकिन्छ ।

उपचार
मंकिपक्सको विशेष औषधि र खोप दुबै उपलब्ध छैन । यद्यपि, इस्मल पक्समा प्रयोग हुने खोपले नैे ८५ समस्या प्रतिशत रोक्न सक्छ । तर, यो खोप नेपालमा उपलब्ध भने छैन । त्यसैले, हाल यसबाट मृत्युदर दश प्रतिशत रहेको छ । यद्यपि, यसबाट बच्न भने सकिन्छ ।

 बच्ने तरिका
मंकिपक्स भएको व्यक्तिसँग शारीरिक सम्पर्क नगर्दा मंकिपक्सलाई रोक्न सकिन्छ ।
मुसा र बाँदरको नजिकको सम्पर्कमा नरहने ।
जंगली जनावरको मासु राम्रोसँग पकाएर मात्र खाने ।
संक्रमितको रगत तथा तरल पदार्थबाट बच्ने ।