काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अख्तियारमा १० महिनामा २२ हजारभन्दा बढी उजुरी

7.16K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १२ हजार ५९२ उजुरीमात्र फछ्र्याैट भएको छ ।

अर्थात कुल उजुरीको ५६ दशमलब ३३ प्रतिशत फछ्र्याैट भएको छ । विषेश अदालतबाट अख्तियारको विपक्षमा फैसला आएको भएपनि अख्तियारलाई चित्त नबुझेर जेठ मसान्त सम्ममा २३० वटा मुद्दा अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ ।

अख्तियारले चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा १३६ वटा मुद्दा दर्ता गरेको छ । जसमा घुस २४, नक्कली शैक्षिक प्रमाणपत्र ७, सार्वजनिक सम्पत्ति हानि नोक्सानी २५, गैरकानुनी सम्पत्ति आर्जन ९, गैरकानुनी लाभ वा हानि ५५, राजश्व चुहावट/हिनामिना ६ र विविध १० वटा मुद्दा रहेका छन् ।

अख्तियारले भ्रष्टाचार अनुसन्धान गर्दा देखिएका सम्मस्या समेत औल्याएको छ । जसमा भ्रष्टाचारका नयाँ प्रवृत्ति अनुरुप अनुसन्धानका लागि क्षमता अभिवृद्धि गर्नु, विज्ञ कर्मचारीहरुको पदपूर्ति र उत्प्रेरणा अभिवृद्धि गर्नु, नयाँ प्रविधि र उपकरणहरुको व्यवस्था गरी प्रमाणमुखी अनुसन्धान अघि बढाउनु, गुणस्तरीय सूचना र उजुरी प्राप्त गर्नु, आयोगका निर्णय र सुझाववहरुको कार्यान्वयन सुनिश्चित गर्नु र परिकक्क अनुसन्धान र अभियोजनालाई नियालेको छ ।

अख्तियारको प्रतिवद्धता

विकास निर्माणलाई सहयोग पुर्याउने ।
आयोजना निर्माणलाई सहयोग पुराउन गुणस्तरीय अनुगमन गर्ने ।
सार्वाजनि जग्गा हडप्ने, सरकारी बजेट हिनामिना गर्ने, राजश्व असुलीमा भ्रष्टाचार गर्ने, घुस लिनेलगायतको प्रवृतिको नियन्त्रण गर्ने ।
भ्रटाचार नियन्त्रण गर्न कानुनी व्यवस्थाका लागिग अग्रसरता लिने ।
अन्य नियमक निकायसँग सहयोग, सहकार्य गर्ने ।
आयोगका कामहरु निपश्क्ष, पारदर्शी, स्वतन्त्र र जिम्मेवारी पुर्वक गर्ने ।
कसैप्रति पूर्वाग्रह नराखरी भ्रटाचारको अनुसन्धान गर्ने ।
भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अंगिकार गर्दै अनुसन्धान कार्य वैज्ञानिक र वस्तुनिष्ठ बनाउने ।