काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शैक्षिक मेला प्रकरण : उच्चले डाक्यो काठमाडौं महानगर र हिसानलाई

7.85K
shares

पाटन उच्च अदालतले काठमाडौं महानगरपालिका र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)लाई बुधबार छलफलमा बोलाएको छ । महानगरले जेठ ३२ गते भृकुटीमण्डपमा जारी शैक्षिक मेला रोकेपछि हिसानले अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवदेन दिएको थियो ।

सोमबार न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो । अन्तरिम आदेशको लागि दुवै पक्षसँग छलफल गर्नु पर्ने भएको अदालत रजिस्ट्रार ठगीन्द्र कट्टेलले बताएका छन् ।

‘शैक्षिक मेला सञ्चालनमा विपक्षी महानगरपालिकाबाट अवरोध गरेको उल्लेख गरी निषेधाज्ञासहितको अन्तरिम आदेश माग गरेको देखिँदा निवेदनमा उठाएको विषय र गम्भीरतासमेतलाई विचार गर्दा दुवै पक्षलाई छलफलमा उपस्थित गराई आदेश गर्नुपर्ने प्रकृतिको देखिएकाले अन्तिरम आदेश छलफलका लागि असार ६ गते पेसी तोकिएको छ,’ आदेशमा उल्लेख छ । छलफलमा उपस्थित हुँदा विपक्षी काठमाडौं महानगरलाई सबुत प्रमाण र निर्णय काज भए सोसमेत लिई उपस्थित हुन जानकारी गराइएको छ ।

हिसानले मेलामा बिनाकारण हस्तक्षेप गरेकोमा १५ करोड क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको मागसहित आइतबार रिट दर्ता गरेको थियो । उच्च अदालतले निवेदनको मागअनुसार आदेश जारी हुन किन नपर्ने हो, कारण, आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । उक्त मुद्दामा अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने निर्णय गरेको हो ।