गृहपृष्ठ ‘आदिपुरुष’मा सिता भारतीय छोरी भनेको शब्द हटाउन माग गदै परराष्ट्र र बोर्डलाई बालेनको पत्र
‘आदिपुरुष’मा सिता भारतीय छोरी भनेको शब्द हटाउन माग गदै परराष्ट्र र बोर्डलाई बालेनको पत्र
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन पहल गर्नका लागि परराष्ट्र मन्त्रालय र चलचित्र बोर्डलाई पत्र लेखेका छन् ।
उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
मेयर शाहले काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गर्दा त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको पत्रमा छ । सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध माग गरेका छन् ।
मेयर शाहले उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उल्लेख गरेका छन् ।
प्रकाशित समय : १७:४१ बजे



















