global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण

नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण

नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको निर्देशनमा बिहीबार भत्काएपछि आज प्राधिकरणले उहाँलाई सातदिने लिखित स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा भनिएको छ, “काठमाडौँ महानगरपालिका–९ स्थित नक्सा सिट नं १०२–११४७–१५, किनं ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरिराखेको विमानस्थल क्षेत्र हो, उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डेसमेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८०/२र३२ मा फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेशबमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न हुन प्राधिकरणको मिति २०८०र२र३२ को निर्णयानुसार जानकारी गराइन्छ ।”

यसैगरी प्राधिकरणले म्यादभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले साहलाई सोधेको स्पष्टीकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु