गृहपृष्ठ ओसियन रिक्युटमेन्टले पठाएका ११ जना महिला ३ महिनादेखि कुवेलमा अलपत्र
ओसियन रिक्युटमेन्टले पठाएका ११ जना महिला ३ महिनादेखि कुवेलमा अलपत्र
वैदेशिक रोजगारीका लागि तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका रोजगारीका उनीहरु तीन महिनादेखि अलपत्र अवस्थामा बसेका छन् ।
नेपालबाट सम्झौताअनुसार तलब नदिएपछि घर फर्काउन अनुरोध गर्दै आएका ती महिलाहरु कम्पनीले घर फर्काउन आनाकानी गर्दै आएको जानकारी दिएका छन् ।
नेपालस्थित म्यानपावर कम्पनीले आज भोलि भन्दा भन्दै टार्दै आएको उनीहरूले बताएका छन् । पहिलो महिनामा ५५ केडी तलब आउँदा हामीले म्यानपावरका एक जना दाईसँग कुरा गरेका थियौं । अर्को महिना राम्रो तलब आउँछ होला कुर्नु भनेर आश्वासन दिएको एक पीडित महिलाले जानकारी दिइन । उनका अनुसार दोस्रो महिना झन कम दियो । यसरी हामी काम गर्न सक्दिन घर फर्काईदिनुपर्यो भनेको आज भोली भन्दा भन्दै झुलाइरहेको छ ।
बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टले सम्झौतामा मासिक ११० कुवेती दिनार तलब दिने भनेर उनीहरूलाई पठाइएको थियो । तर, अहिले पहिलो महिनामा ५५ कुवेती दिनार र दोस्रो महिनामा ७५ कुवेती दिनार मात्र तलब दिएको पीडित महिलाको गुनासो छ ।
बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टमार्फत तीन महिना अघि पुगेका कुवेत पुगेका उनीहरूमध्ये ५ जना कामै नपाएर बस्न बाध्य भएका छन् । एक मस्जिदमा क्लिनरको रूपमा काम गर्दै आएका ६ जनाले समेत तीन महिनामा भनेअनुसार तलब नपाएको गुनासो गरेका छन् ।
नेपाल जान्छु भन्दा जान दिएको छैन । काममा जाँदिन भन्दा पनि जबरजस्ती काममा लैजाने गरेको छ । जान नमान्दा गाली गर्छ । झम्टेलाझै गर्छन् । दैनिक ८ घण्टा काम गर्नुपर्ने भने लगेको थियो । अहिले १२ घण्टासम्म काममा लगाउने गरेको पीडितले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनीहरुले म्यानपावरलाई १ लाख ५० हजार तिरेर गएको बताएका छन् भने कोहीले १ लाख ८० हजारसम्म तिरेको बताएका छन् । पछिल्लो समय कुवेत गएका धेरै महिलाहरु अलपत्र पर्ने गरेका छन् । म्यानपावरले नेपालबाट एउटा काम भनेर अर्को काममा कुवेत पठाउने गरेको पीडितको गुनासो छ ।
प्रकाशित समय : १८:५० बजे


















