गृहपृष्ठ लोकतन्त्र र प्रजातन्त्रका लागि बिपीको योगदान सधैँ सराहनीय : अध्यक्ष मेहता 

लोकतन्त्र र प्रजातन्त्रका लागि बिपीको योगदान सधैँ सराहनीय : अध्यक्ष मेहता 

लोकतन्त्र र प्रजातन्त्रका लागि बिपीको योगदान सधैँ सराहनीय : अध्यक्ष मेहता 

इनरुवा । जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले लोकतन्त्र र प्रजातन्त्रका लागि बीपी कोइरालाको योगदान सधैँ सराहनीय रहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा बुधबार नेपाली काङग्रेस वडा समितिले बीपी कोइरालाको ११३ औँ जन्म जयन्तीको अवसरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।

देशमा प्रजातन्त्र, लोकतन्त्र र समग्र नेपाली जनताको हकहितका लागि बीपी कोइरालाले खेल्नुभएको भूमिका सधैँ सराहनीय र स्मरणीय रहेको अध्यक्ष मेहताले उल्लेख गरे ।

अध्यक्ष मेहताले महामानव बीपी कोइरालाको जीवनबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुहुदै उनले देखाएको बाटो र मार्ग निर्देशनमा हिँड्न सम्पूर्ण नेपालीलाई हार्दिक आग्रह गरे । यसैबिच बीपी कोइरालाको जन्म जयन्तीको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

स्वतन्त्रता सेनानी एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाको जन्म जयन्तीको अवसरमा विशेष दीप प्रज्वलन गरिएको वडा सभापति सुनोज निरौलाले बताए । नेपाली कांग्रेसका संस्थापक कोइरालाको योगदानको स्मरण गर्दै उनी प्रतिको उच्च सम्मान स्वरूप मैन पत्ति प्रज्वलन कार्यक्रम आयोजना गरिएको वडा समितिले जनाएको छ ।

कार्यक्रममा क्षेत्रीय सचिव रोशन खड्का लगायतका अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु