गृहपृष्ठ धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार
धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार
काठमाडौं । काठमाडौंको चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका ३१ वर्षीय कैलाश रसाईलीको प्रहरीले उद्धार गरेको छ ।
सुनसरी धरानका स्थायी घर भई धुम्बाराही बस्दै आएका रसाईली गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका थिए ।
स्थानीयले खबर गरेपछि प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ ।
प्रकाशित समय : १९:२१ बजे


















