गृहपृष्ठ लुम्बिनी प्रदेशले गर्यो ४० अर्ब ४७ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशले गर्यो ४० अर्ब ४७ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट सार्वजनिक गरेका हुन् ।
कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७।४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तिय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरिएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य दिइएको छ ।संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ । स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
प्रकाशित समय : १७:२७ बजे



















