गृहपृष्ठ प्रमाणीकरण भएका सिलिन्डरमा मात्रै ग्यास बेच्न आयल निगमको निर्देशन
प्रमाणीकरण भएका सिलिन्डरमा मात्रै ग्यास बेच्न आयल निगमको निर्देशन
काठमाडौं– नेपाल आयल निगमले निगमबाट प्रमाणीकरण भएका तथा बजारमा प्रचलनमा रहेका ग्यास सिलिन्डरमा मात्रै खाना पकाउने ग्यास बिक्री गर्न उद्योगी तथा विक्रेतालाई निर्देशन दिएको छ ।
निगमका अनुसार २०८० सालसम्म बजारमा करिब एक लाख ५४ हजार ग्यास सिलिन्डर प्रयोगमा थिए । यसबाहेक थप १६ हजार सिलिन्डर बजारमा रहेको अनुमान गरिएको छ ।
पछिल्ला केही महिनायता बजारमा ग्यासको बिक्री वितरण सहज हुन नसकेको अवस्थामा नयाँ सिलिन्डर बजारमा ल्याउन सक्ने भन्दै निगमले उद्योगी तथा विक्रेतालाई सचेत गराएको हो ।
निगमले जारी गरेको परिपत्रमा १४ दशमलव २ किलोग्राम क्षमताको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था लागू भएपछि बजारमा माग बढेको उल्लेख गर्दै आपूर्ति सहज बनाउने नाममा उद्योग तथा विक्रेतामार्फत नयाँ सिलिन्डर बिक्री भइरहेको गुनासो आएको जनाएको छ ।
प्रकाशित समय : १७:३४ बजे


















