गृहपृष्ठ दैनिक माग १ लाख सिलिन्डर ग्यास रहेको उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण

दैनिक माग १ लाख सिलिन्डर ग्यास रहेको उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण

दैनिक माग १ लाख सिलिन्डर ग्यास रहेको उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोले मुख्य सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणालीमा गम्भीर असर परेको छ ।

मुख्य मार्ग ठप्प भएपछि उद्योगीहरूले त्रिभुवन राजपथ जस्ता असहज र घुमाउरो वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्न बाध्य हुनुपरेको छ, जसका कारण बजारको मागअनुसार पर्याप्त परिमाणमा ग्यास भित्र्याउन सकिएको छैन ।

ढुवानीमा देखिएको यही असहजताका कारण मंगलबार उपत्यकामा ९ वटा विभिन्न ग्यास कम्पनीहरूबाट जम्मा १८ हजार २ सय ५९ वटा सिलिन्डर मात्र डिलरहरूसम्म पुग्न सकेका छन् ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा दैनिक १ लाख सिलिन्डर ग्यासको उच्च माग रहेको छ, यद्यपि सामान्य अवस्थामा भने दैनिक ३५ देखि ४० हजार सिलिन्डर उपभोग हुने गरेको थियो ।

नेपाल आयल निगमको एलपीजी विभागले उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबार सबैभन्दा धेरै सगरमाथा ग्यासले ४ हजार ६ सय ९९ र एभरेस्ट ग्यासले ३ हजार ४ सय ७५ सिलिन्डर वितरण गरेका छन् ।

त्यसैगरी, सुगम ग्यासले २ हजार ४ सय २३, एसटीसी ग्यासले २ हजार १ सय ४६, श्री ग्यासले १ हजार ९ सय ६०, सीताश्री ब्रान्डले १ हजार ६ सय, श्रीमाया ग्यासले १ हजार २ सय ९१, श्रीराम ग्यासले ३६० र मनोज ग्यासले ३ सय ५ थान सिलिन्डर मात्र बजारमा पठाएका छन् ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु