गृहपृष्ठ नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइने ?
नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइने ?
नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदहरु परिपूर्तिका लागि आवेदन खुला गरेको हो। बैंकले चौथो तहदेखि छैटौंतहसम्मका पदहरुका लागि कर्मचारी माग गरेको हो । बैंकले ४६ जना कर्मचारी माग गरेको हो ।
बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । ईच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । सहायक प्रबन्धक छैटौं तह र सहायक चौथो पदका लागि कर्मचारी माग गरेको हो ।
प्रकाशित समय : १३:५९ बजे



















