गृहपृष्ठ सामुदायिक लघुवित्तको साधारणसभा असार २२ गते, केके छन् एजेण्डा ?
सामुदायिक लघुवित्तको साधारणसभा असार २२ गते, केके छन् एजेण्डा ?
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारणसभा असार २२ गते गर्ने भएको छ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँगाउँमार्ग काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित)छन् । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सोही सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ ।
सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १४ गते बुक क्लोज गरेको छ ।
प्रकाशित समय : १३:४९ बजे



















