global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेले हटायो ७० वर्षे उमेरहद

एमालेले हटायो ७० वर्षे उमेरहद

एमालेले हटायो ७० वर्षे उमेरहद

एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालय बैठकले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको हो ।

यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने सम्भावना अवरोध गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारको सचिवालय बैठकमा विधान महाधिवेशबाट उमेर हदसम्बन्धी व्यवस्था हटाउने गरी हाललाई निलम्वन गर्न प्रस्ताव राखेका थिए । एमालेका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउनु पर्ने भन्दै उक्त प्रस्ताव गरेका थिए । तर यसलाई फेरि एमालेकै अध्यक्ष हुने ओली नीतिका रुपमा टिप्पणी गरिएको छ ।

एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो ।

प्रकाशित समय : ०६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु