global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक अवस्था सुधार गर्न कृषिमा लगानी बढाउनुपर्छ –उपेन्द्र यादव

आर्थिक अवस्था सुधार गर्न कृषिमा लगानी बढाउनुपर्छ –उपेन्द्र यादव

आर्थिक अवस्था सुधार गर्न कृषिमा लगानी बढाउनुपर्छ –उपेन्द्र यादव

 आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सुझाव दिएका छन् । आज सरकारले प्रश्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले भने, ‘प्राथमिकता हामी कहाँ दिन्छौँ, सबैभन्दा बढी प्राथमिकतमा अहिले जुन आर्थिक संकट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ । त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृषि उत्पादनमा वृद्धि नै हो।’

उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताएका छन् । उनले उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताए ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु