गृहपृष्ठ भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ – पदम गिरी

भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ – पदम गिरी

भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ – पदम गिरी

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटनामा छानबिन गर्न चुनौती दिएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् । ’

अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै उनले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए । एमाले दोषी जोगाउने पक्षमा नरहेको उनको भनाइ छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु