गृहपृष्ठ शरणार्थी प्रकरणः भ्रष्टाचारको विषयले संसद्‍मा सांसदको आरोप–प्रत्यारोप

शरणार्थी प्रकरणः भ्रष्टाचारको विषयले संसद्‍मा सांसदको आरोप–प्रत्यारोप

शरणार्थी प्रकरणः भ्रष्टाचारको विषयले संसद्‍मा सांसदको आरोप–प्रत्यारोप

प्रतिनिधिसभ बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै रघुजी पन्त, महेशकुमार बर्तौला, सूर्य थापाले देशमा भएका भ्रष्टाचारका सबै काण्डमाथि छानबिन गर्नुपर्ने बताए । साथै माओवादीका माधव सापकोटाले भ्रष्टाचार आरोप आफ्ना नेतालाई कानुनको दायरामा ल्याउन एमालेलाई चुनौती दिए । भ्रष्टाचारका विषयमा गरेको छानबिनको विषयलाई लिएर प्रधानमन्त्रीप्रति खिसीट्युरी नगर्न उनले एमालेलाई सचेत गराए ।

कांग्रेसका रामहरि खनिवडा, एकीकृत समाजवादीका मेटमणि चौधरी, नेमकिपाका प्रेम सुवाललगायत सांसदले भ्रष्टाचारका सबै विषयमा पनि छानबिन गर्नुपर्ने बताए । तर, एक दलका सांसदले अर्को दलका नेतालाई भ्रष्टाचारीको रुपमा इंगित गर्दै छानबिन गर्न माग गरे ।

कांग्रेसकी आरजु राणा देउवाले सबै मन्त्री र सांसदहरुको सम्पत्ति र स्रोत सार्वजनिक गर्नुपर्ने बताइन् । रास्वपाका हरि ढकालले ३३ वर्षमा भएका ३३ सय भ्रष्टाचार काण्ड सबैको आगोग बनाएर छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु