काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘ब्लड प्रेसर’लो का लागि लाभदायक तुलसीको पात

10.63K
shares

धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन्, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुँदैनौं र दिँदैनौं ।

त्योमध्ये एउटा रोग हो- न्यून रक्तचाप । बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिँदैनन् । कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरीरमा कमजोरी हुनु आदि हुन् ।

कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौलासबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले ।

यसरी ब्लड प्रेसर लोको उपचार गर्ने घरेलु उपायहरु :

डिहाइड्रेसनः शरीरमा पर्याप्त मात्रामा पानी नपाउँदा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरु मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुपर्छ ।

गर्भावस्थाः गर्भावस्थाको समयमा पनि रक्तचाप घटेको हुन्छ । यद्यपि समस्या यो समयका लागि भने सामान्य हो ।क्याफिनः क्याफिनको सही मात्राले रक्तचापलाई स्थिर राख्न मद्दत गर्दछ । जसका कारणले ब्लड प्रेसर लो भएको बिरामीले आराम महशुस गर्छ ।

तुलसीको पातः तुलसीको पात धेरै पोषक तत्वहरूको खानी हो । यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।