काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय फिल्म ‘वार–२’ का निर्देशक मुखर्जीको पारिश्रमिक ३२ करोड

6.93K
shares

‘वार २’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महँगो पारिश्रमिक लिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार २’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन् ।

समाचारअनुसार यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन् । ऋतिक रोशनको प्रमुख भूमिका रहने फिल्म ‘वार २’ सन २०२४ को अन्त्यमा रिलिज हुने बताइएको छ । करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको ‘वार-२ यशराज स्पाई युनिभर्सको छैटौं फिल्म हो ।

यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता हिट फिल्म बनिसकेकाे छ ।