global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावरको कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो । सगरमाथाको पहिलो पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो ।कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।

त्यस्तै नेप्सेमा मोलुङ हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु भएको छ । मोलुङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो मोलुङ हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८० लाख २५ कित्ता सेयर बुधबार सूचीकृत भएको हो ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु