काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

8.53K
shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावरको कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो । सगरमाथाको पहिलो पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो ।कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।

त्यस्तै नेप्सेमा मोलुङ हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु भएको छ । मोलुङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो मोलुङ हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८० लाख २५ कित्ता सेयर बुधबार सूचीकृत भएको हो ।