गृहपृष्ठ देशको विकासका लागि योजनाबद्ध रूपमा काम गर्नेछु–स्वर्णिम वाग्ले
देशको विकासका लागि योजनाबद्ध रूपमा काम गर्नेछु–स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले डा.स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरेका छन् ।
आज तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आयोजित कोणसभामा बोल्दै उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँ र समग्र देशको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाएका छन् । “तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ”, उनले भने ।
प्रकाशित समय : १२:५८ बजे




















