गृहपृष्ठ थप ९९ जनामा कोरोना संक्रमण पुष्टि
थप ९९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आज ९९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६३५ नमुनाको परीक्षण गर्दा एकैदिन ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ४५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८ जनामा र १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा २६ संक्रमित निको भएका छन् ।
हाल देशभर कोरोनाका ३७३ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा रहेका कोरोना संक्रमितमध्ये १७ जना संस्थागत आइशोलेसनमा छन् । ४ जना आइसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत एक दिनको अवधिमा १७ हजार ६६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले खोप लगाउन अनुरोध गरेको छ ।
खोप नलगाएका सबैले नजिकैको स्वास्थ्य संस्थाबाट पहिलो, दोस्रो वा बुष्टर मात्रा आवश्यकताअनुसार लगाउन स्वास्थ्य मन्त्रालयले भनेको छ । कोरोनाका लक्षणहरु देख्नेबित्तिकै परीक्षण गराएर आइशोलेशनमा बस्न अनुरोध गरेको छ ।
प्रकाशित समय : २०:२२ बजे



















