गेमरहरुमाझ लाेकप्रिय रियलमी नार्जो सिरिज
वि.सं.२०७९ चैत १८ शनिवार १५:५२
shares

मोबाइल गेमिङको लोकप्रियता दिन-प्रतिदिन बढ्दै गइरहेको छ । हरेक उमेर, लिंग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भइसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि हो ।
अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्रतिस्पर्धी हुँदै गइरहेको छ । बजारमा विभिन्न स्मार्टफोन ब्रान्डका १०० भन्दा बढी फ्रेश मोडलहरु उपलब्ध रहेका छन् । तीमध्ये एक हो रियलमी, जसले एकदमै आकर्षक मूल्यमा गेमिङ फोनहरु उपलब्ध गराउँदै आइरहेको छ । महँगो मूल्य पर्ने फ्ल्यागशिप फोनहरुमा मात्र पाइने फिचरहरु पनि यसले आफ्नो बजेट स्मार्टफोनहरुमा राखेकोले गर्दा पनि मानिसहरुले यो फोनलाई रुचाउने गर्दछन् । यदि तपाईं गेमिङमा रुचि राख्नुहुन्छ भने रियलमीको नार्जो सिरिज पक्कै पनि मन पराउनुहुनेछ ।
हामीले यहाँँ रियलमी नार्जो सिरिजका यस्तो स्मार्टफोनहरुको सुची तयार पारेका छौं, जुन विशेष गरी गेमिङकै लागि डिजाइन गरिएका हुन् । यी फोनहरु हेर्नमा आकर्षक त छन् नै साथै गेमिङ फोनमा हुनुपर्ने सबै फिचरहरु र सुविधाहरु पनि छन् । गेम खेल्न मात्र नभएर दैनिक प्रयोजनको लागि पनि यी फोनहरु अत्यन्तै उपयुक्त छन् र यिनीहरुको मूल्य पनि अत्यन्तै चित्तबुझ्दो छ ।
रियलमी नार्जो ५०
यदि तपाईं भ्यालु-फर-मनि स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने नार्जो ५० एकदम उपयुक्त रोजाइ हो । यसमा भएको १२ एनएमको एडभान्सड् मेडियाटेक हेलियो जी९६ SOC चिपसेट र Mali G57 MC2 GPU ले तपाईंलाई गेम खेल्दा गज्जबको अनुभव प्रदान गर्छन् ।
४ जीबी र ६ जीबी र्याम अप्सनमा आउने नार्जो ५० आइमा डीआरई (डाइनामिक र्याम एक्स्पान्सन) फिचरले गर्दा ११ जीबीसम्म बढाउन मिल्छ । जसले स्टोरेजको चिन्ता बिना नलिकन सिमलेस गेमिङको गर्न सजिलो बनाउँछ ।
उत्कृष्ट गेमिङ एक्स्पिरियन्सको लागि फोनमा हुनैपर्ने चिज हो, हाइ क्वालिटी डिस्प्ले । ६.६ इन्चको ब्राइट, फुल एचडी प्लस एलसीडी स्क्रिन भएको यसको डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट र १८० हर्जको अडप्टिभ टच स्याम्प्लिङ रेट भएकोले स्मुथ, रेस्पोन्सिभ र क्लियर भ्युइङ इक्स्पिरियन्स लिन सकिन्छ ।
त्यस्तै, गेमिङ फोनहरुमा हुनैपर्ने अर्को फिचर हो, जाइरो सेन्सर । जुन यो मूल्यका कुनै पनि फोनहरुमा उपलब्ध छैन । ब्याट्रीको कुरा गर्नुपर्दा यसमा ३३ वाटको क्विक चार्जिङयुक्त ५००० एमएएचको शक्तिशाली वायर्ड ब्याट्री रहेको छ, जुन एक घण्टाभन्दा कम समयमै पुरै चार्ज हुन्छ । यस्तो शक्तिशाली ब्याट्री हुँदा हुँदै पनि यो फोन कम्प्याक्ट र हलुका छ ।
गेमिङकै लागि डिजाइन गरिएको भए पनि गेम नखेल्ने मानिसहरुको लागि पनि यो फोन उत्तिकै राम्रो छनोट हो । ५० मेगापिक्सलको ट्रिपल एआइ क्यामरा सेटअप सहितको यस रियलमी नार्जो ५० आइमा सेल्फीको लागि १६ मेगापिक्सलको क्यामरा रहेको छ । लेटेस्ट कनेक्टिभिटी अप्सनसहित उपलब्ध यस नार्जो ५० आइमा फिंगरप्रिन्ट सेन्सर साइडमा राखिएको छ । ग्लास र प्लास्टिकको सिंगल स्ल्याबमा प्याकेज्ड यो फोनको मुल्य ४/६४ जीबी भेरियन्टको लागि २३ हजार ९९९ रूपैयाँ रहेको छ भने ६/१२८ जीबी भेरियन्टको लागि २७ हजार ४९९ रहेको छ ।
नार्जो ५०ए प्राइम
यो पनि कम मूल्यमा राम्रो गेमिङ फोन खोज्ने गेमरहरुको लागि अर्को एउटा सही विकल्प हो । यसमा राखिएको युनिसक टी ६१२ प्रोसेसरले गेम खेल्दा उत्कृष्ट पर्फर्मेन्स गर्नुको साथै स्टेबल डेलिभरी र स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै अक्टा-कोर सीपीयू आर्किटेक्चरयुक्त १२ एनएमको चिपसेटले अझै प्रभावकारी र राम्रो काम गर्छ । त्यस्तै ४ जीबी र्याम र ६४ जीबी रोमको स्टोरेज अप्सनमा उपलब्ध यस फोनको स्टोरज पनि प्राय: क्याजुअल गेमहरुको लागि पर्याप्त छ । एन्ड्रोइड ११ भर्जनमा चल्ने यो फोनको युआइ रियलमी युआइ २.० रहेको छ ।
८.१ मिमिको अल्ट्रा स्लिम यस फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले गर्दा तपाईं घण्टौंसम्म आरामसँग गेम खेलिरहन सक्नुहुनेछ । त्यस्तै २४०८x१०८० रेजोल्युसनयुक्त ६.६ इन्चको एफएचडी प्लस डिस्प्लेमा आफ्न विपक्षीहरुको हरेक चाल देख्न सकिने हुनाले त्यसैअनुसार आफ्नो चालहरु चल्न सकिन्छ ।
क्यामराको कुरा गर्नुपर्दा, यसको पछाडिपट्टि ५० एमपीको प्राइमरी क्यामरा, २ एमपीको म्याक्रो-सेन्सर र २ एमपीको डेप्थ सेन्सर सहितको ट्रिपल क्यामरा सेट-अप रहेको छ भने सेल्फीको लागि ८ एमपीको एआइ क्यामरा रहेको छ । त्यस्तै यसमा साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र ३.५ एमएमको हेडफोन ज्याक पनि राखिएको छ ।
समग्रमा भन्नुपर्दा यदि तपाईं ठुलो डिस्प्ले र धेरै ब्याट्री लाइफ भएको गेमिङ फोन अथवा क्याजुअल फोटो खिच्नको लागि राम्रो क्यामरा भएको फोनको खोजीमा हुनुहुन्छ भने ५० ए प्राइम तपाईंको लागि एकदमै उपयुक्त रोजाइ हो । यो फोन चार्जर बिना अथवा चार्जर सहितको बक्समा उपलब्ध छ । ४ जीबी/६४ जीबी भेरियन्टको मूल्य २० हजार ९९९ रूपैयाँ रहेको छ भने ४ जीबि/१२८ जीबी भेरियन्टको २२ हजार ४९९ रहेको छ ।
रियलमी नार्जो ५० आइ प्राइम
रियलमी नार्जो ५० आइ प्राइम पनि अर्को एउटा गेमिङ फोन हो जुन कम मुल्यको गेमिङ फोनको खोजीमा रहेका गेमरहरुको लागि उपयुक्त विकल्प हो । स्ट्रङ गेमिङ पर्फर्मेन्सको लागि यस फोनमा युनिसक टी ६१२ चिपसेट राखिएको छ । त्यस्तै यसमा भएको अक्टा कोर सीपीयूले डिमान्डिङ गेमहरु पनि छरितो तरिकाले खेल्न सकिन्छ । स्टोरेजको कुरा गर्नुपर्दा यसमा ४ जीबीको र्याम र ६४ जीबीको रोम रहेको छ, जुन् अधिकांश क्याजुअल गेमहरुको लागि पर्याप्त हो । ब्याट्रीको कुरा गर्नुपर्दा यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ, जुन घन्टौंसम्म गेम खेल्दा पनि राम्रोसँग टिक्छ ।
ठूलो डिस्प्लेमा मजाले गेम खेल्न रुचाउनेहरुको लागि यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले राखिएको छ । रियलमी यूआइ २.० र एन्ड्रोइड ११ मा चल्ने यस नार्जो ५० आइ प्राइममा ८ एमपीको मेन क्यामरा र ५ एमपीको सेल्फी क्यामरा राखिएको छ । कम्पनीको अनुसार गेम खेल्न रुचाउने मानिसहरुको हातमा उत्कृष्ट गेमिङ फोन सहज रुपमा उपलब्ध गराउने हेतुले यस फोनको डिजाइन गरिएको हो ।
अहिले बजारमा ३/३२ जीबी स्टोरेज भेरीयन्टको ५० आइ प्राइमको मूल्य १४ हजार ४९९ र ४/६४ जीबी भेरीयन्टको मूल्य १५ हजार ९९९ रूपैयाँ रहेको छ ।

























