global ime bank Long Banner Ad

गृहपृष्ठ बालुवाटारमा मिटरब्याजी पीडित

बालुवाटारमा मिटरब्याजी पीडित

बालुवाटारमा मिटरब्याजी पीडित

केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन ।

प्रधानमन्त्री निवास प्रवेश गर्दा पनि उनीहरूले मिटरब्याजी पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गरेका थिए ।

सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।

पुनः वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो हुनेछ ।

मिटरब्याज पीडित आन्दोलित भएपछि शुक्रबारमात्रै धनुषाबाट तीन जना मिटरब्याजी पक्राउ परेका थिए ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु