काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रसुवागढी नाका पूर्ण सञ्चालनमा

7.46K
shares

रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालनमा आउन लागेको छ । रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात भए पनि ३८ महिनादेखि मानिसको आवतजावत ठप्प थियो । चीनको ल्हासामा गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रले आयात–निर्यात खोल्ने सहमति गरेपछि शनिबारदेखि रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको हो ।

रसुवागढी नाका निकासी पैठारी र मानिसको आवतजावतसहित शनिबारदेखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नभराज ढकालले बताए । बैठकमा नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आउने भएपछि व्यवसायी, व्यापारीलगायत सरोकारवाला उत्साहित छन् । निकास पैठारी र मानिसको आवतजावतका लागि नाकामा तयारी तीव्र पारिएको छ । कन्टेनर चालक, कामदार, व्यापारी तथा व्यवसायीको एन्टिजेन परीक्षण गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

शनिबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुन सक्ने भण्डारीले जनाए । केरुङ जान नेपाल–चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन शनिबार बिहान ६ बजेदेखि नै अध्यागमन कार्यालय खुला रहने अध्यागमन कार्यालय रसुवागढी रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द थियो । पछि कोभिड देखिएपछि रसुवागढी नाका भएर हुने आयात–निर्यात थप प्रभावित बन्यो । पछि ०७७ असार २२ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।