global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाललाई थ्री नेसन्स कपको उपाधि

नेपाललाई थ्री नेसन्स कपको उपाधि

नेपाललाई थ्री नेसन्स कपको उपाधि

मनीष डाँगीको निर्णायक गोलको मद्दतले नेपालले शुक्रबार लाओसलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । उनले खेल सकिन तीन मिनेट अगाडि गोल गरे । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला अञ्जन विष्टले सिर्जना गरेको अवसरमा मनीषले गोल गरेका हुन् । नेपालले १ गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।

नेपालले यसअघि सन् २०२१ मा बंगलादेश र कीर्गिस्तान यू–२३ टिम सम्मिलित थ्री नेसन्स कप जितेको थियो । यस जितसँगै नेपालले पाँच हजार डलर पनि हात पारेको छ । नेपाल पूरा प्रतियोतिगामा अपराजित रह्यो । यसअघि लिग चरणको खेलमा नेपालले लाओसलाई नै २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा लाओसले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि ‘डिफ्लेक्ट’ भएको बलमा साङभिलले गोल गरे । लाओसको अग्रता लामो समय भने टिकेन् । नेपाल २४ औं मिनेटमा गोल फर्काउन सफल रह्यो । एरिक विष्टको पासमा आयुष घलानले गोल गरे । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको लाओसले त्यसलाई दोस्रो हाफमा दोहाउन सकेन् ।

दोस्रो हाफ पूर्णतः नेपालको पक्षमा रह्यो । आयुषले ६१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेड पोस्टको केही माथिबाथि बाहिरिएको थियो । यस्तै खेलका ६८ औं मिनेटमा निशान खड्काले प्रहार गरेको फ्रि किक पोस्टमा लागेर फर्केको थियो । मनीषले ७५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिए पनि त्यो ‘अफ साइड’ मा रह्यो र त्यसले मान्यता पाएन् ।

प्रकाशित समय : ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु