गृहपृष्ठ कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान ११ बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
प्रकाशित समय : १०:३१ बजे

















