सुनकाे मूल्य लगातार उकालो
वि.सं.२०७९ फागुन २९ सोमवार ११:२२
shares

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ पुगेको छ । पछिल्लाे केही दिनयता सुनकाे मूल्य लगातार उकालाे लागिरहेकाे छ ।
अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढेकाे हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर आज १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


























