काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बार्सिलोनालाई ९ अंकको अग्रता

7.12K
shares

एथ्लेटिको बिल्बाओलाई हराउँदै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनालाई जिताउन रफिन्हाले निर्णायक गोल गरे ।

उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सालाई सुरूआती अग्रता दिलाएका थिए । उक्त अग्रता जोगाएको बार्सिलोनालाई जितका लागि पर्याप्त रह्यो । चोटबाट निको भएर टोलीमा फर्किएका बार्सिलोनाका शीर्ष गोलकर्ता रोबर्ट लेवान्डोस्कीले गोलको राम्रो मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि आफ्नो अग्रता थप बलियो बनाएको छ । रियलले शनिबार इस्पानियोललाई हराउँदै बार्सिलोनाको अग्रता ६ अंकमा छोट्याएको थियो । यी दुई प्रतिद्वन्द्वी आगामी आइतबार नाउ क्याम्पमा एल क्लासिकोमा भिड्दैछन् ।

पराजित बिल्बाओ सिजनको १०औं पराजयपछि नवौं स्थानमा झरेको छ ।