गृहपृष्ठ आइएमई पे मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याकको निरन्तरता
आइएमई पे मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याकको निरन्तरता
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।
टप अपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्तवपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ ।
भौतिक नगदभन्दा बढी डिजिटल कारोबारको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा ५ प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडि बढ्नेमा सहमत देखिएको छ । आमसेवाग्राहीहरूले दुई हजार रिचार्ज गर्दा एक सय, एक हजार गर्दा पचास र एक सय रिचार्ज गर्दा पाँच रूपैयाँ क्यासब्याकका साथै हरेक रिचार्जमा ५ प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।
यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा ५ प्रतिशत र दर्ता नभएको मोबाइल नम्बरमा २ प्रतिशत कायम गरिएको छ ।
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
प्रकाशित समय : १६:१२ बजे



















