गृहपृष्ठ एमाले प्रमुख सचेतकमा गिरी मनोनीत
एमाले प्रमुख सचेतकमा गिरी मनोनीत
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गरेका छन् ।
एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो । पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । एमालेले संसदीय दलको उपनेता भने अझैसम्म कसैलाई तोकेको छैन ।
यस्तै एमालेले महेश बर्तौलालाई सचेतकमा नियुक्त गरेको छ । उनी मकवानपुरबाट निर्वाचित सांसद हुन् ।
प्रकाशित समय : १६:५८ बजे



















