global ime bank Long Banner Ad

गृहपृष्ठ ‘अमेरिकी साम्राज्यवाद पतन भयो’

‘अमेरिकी साम्राज्यवाद पतन भयो’

सिन्ह्वा/रासस

‘अमेरिकी साम्राज्यवाद पतन भयो’

अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको ठोकुवा गरेको हो ।

“अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले भनेका छन् । यद्यपि ह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उनले स्वीकार गरेका छन् ।

अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेको आरोप भेनेजुएलाका राष्ट्रपतिले लगाएका छन् ।

उनले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको बताए । अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेको उनको आरोप छ ।

 

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु