global ime bank Long Banner Ad

गृहपृष्ठ मुटु फलाम भएर’ कविता कृति लोकार्पण

मुटु फलाम भएर’ कविता कृति लोकार्पण

मुटु फलाम भएर’ कविता कृति लोकार्पण

काठमाडौँ । कवि राजेश ढुङ्गानाको कृति ‘मुटु फलाम भएर’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं लेखक रोचक घिमिरेले उक्त कृतिको लोकार्पण गरेका हृन ।

लेखक घिमिरेले नेपाली साहित्यका प्रखर स्रष्टा राजेश ढुङ्गानाको ‘मुटु फलाम भएर’ कविता कृति उत्कृष्टमध्येको एक रहेको बताए । उनले यस कृतिले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी विभिन्न साहित्यकार तथा कविहरूले ‘मुटु फलाम भएर’ कविता कृति भाव, शैली र प्रस्तुतिका दृष्टिले रोचक रहेको धारणा राखे । उनिहरूले उक्त कृति साहित्यप्रेमी पाठकका लागि रुचिको विषय बन्नेमा विश्वास व्यक्त गरे।

कवि राजेश ढुङ्गानाले लामो अध्ययन, मेहनत र जीवनका विभिन्न अनुभवलाई समेटेर उक्त कविता कृति तयार पारिएको बताए । उनले पाठकको माया र प्रतिक्रियाले आफूलाई थप सिर्जनात्मक ऊर्जा मिल्ने उल्लेख गरे ।

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु