global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति पौडेलले दिए कांग्रेसको जिम्मेवारीबाट राजीनामा

राष्ट्रपति पौडेलले दिए कांग्रेसको जिम्मेवारीबाट राजीनामा

राष्ट्रपति पौडेलले दिए कांग्रेसको जिम्मेवारीबाट राजीनामा

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् । पौडेलको राजीनामा पत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि (सोमबार) १ बजे शपथ लिने भएका छन् । पौडेल फागुन २५ गते एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका हुन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिँदैछ । नेपालकाे संविधानअनुसार राष्ट्रपतिकाे कार्यकाल ५ वर्षको हुन्छ ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु