एनआइसी एशिया बैंकद्वारा बिमावापत १० लाख रुपैयाँ भुक्तानी
वि.सं.२०७९ फागुन २३ मंगलवार १९:१६
shares

यस एनआइसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बिमा वापतको १० लाख उपलब्ध गराएको छ ।
बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीकाे शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बिमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्की चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बिमा दाबी गरे वापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बिमावापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बिमावापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बिमावापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख बिमा रकम प्राप्त गरिसकेका छन् ।
यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बिमा सुविधा उपलब्ध गराएको छ । जसअन्तर्गत ४० लाखको दुर्घटना बिमा, ४० लाखको घातक रोग बिमा र ४ लाखसम्मको औषधि उपचार बिमा प्राप्त गर्नेछन् । औषधि उपचार बिमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म प्राप्त गर्न सक्नेछन् ।
























