एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा छुट
वि.सं.२०८३ असोज २१ बुधवार १७:२९
shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र होटलको तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरे । यस समझदारी अनुसार यस बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
ग्राहक महानुभावहरुले होटलको आवासीय, खाना तथा पेय पदार्थ उपयोगमा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस छुट सुविधा अन्तर्गत डिलक्स वर्गका विभिन्न कोठाहरुको आवासीय सेवा लिँदा सप्ताहन्त (शुक्रबार र शनिबार) मा ५ प्रतिशत छुट सुविधा रहेको छ भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ । अन्य दिनहरुमा भने दुवै सेवामा १० प्रतिशत छुट सुविधाको उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
























